सप्तश्री एकेडेमी विद्याथीकोलागि सुपर स्कूल

0
304

प्रदेश एकको पहिलो र फरक विशेषता बोकेको स्मार्ट स्कूल

आधुनिक युग शिक्षामा नयाँ पन सहित सीप, संस्कार, व्यवसायिक र वैज्ञानिक रुपमा प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौं उपत्यका बाहिर पहिलो पटक झापाको दमकमा सप्तश्री एकेडेमी यही आउँदो शैक्षिक सत्र २०७५ देखि सञ्चालनमा आउँदैछ ।
आफना बालबालिकाहरुको विद्यालयमा हुने गतिबिधि इन्टरनेटको माध्यबाट घर वा अफिसमै बसिबसि पनि जानकारी पाउन सकिने किसिमको प्रविधियुक्त पूर्वाधार, मन्टेश्वरी विधि तथा बालमैत्री वातावरणमा पढाई सञ्चालन गर्ने उदेश्य राखेर ७ जना युवाहरुको सक्रियतामा यो एकेडेमी सञ्चालनमा आउन लागेको हो । 
यसकालागि दमक ९ मा १२ कठ्ठा जग्गा समेत स्वामित्वमा लिएर यो एकेडेमीले पूर्वाधार निर्माण गरीसकेको छ । एकेडेमीमा लगभग १२ करोड रुपैयाँको लगानी रहेको बताइएको छ । यसको नेतृत्व लिएका छन हाल दमक ६ का स्थायी बासिन्दा औषधी व्यवसायको क्षेत्रमा क्रियाशील युवा व्यक्तित्व– अनिल सुवेदीले । उनी यस एकेडेमीका निर्देशक हुन् । उनीसंगैको टिममा काठमाडौं, धरान लगायतका प्रतिष्ठित ठाउँमा लामो शैक्षिक अनुभव लिइसकेका युवा शैक्षिक व्यक्तित्वहरुको पनि सम्लग्नता रहेको छ ।

कहाँ छ यो विद्यालय ?
झापा जिल्लाको दमक चोकबाट पश्चिम शान्तिमार्गबाट दक्षिण २ सय मिटरमा अवस्थित छ । चार तले भवनसहित आवश्यक पूर्वधार रहेको छ ।

कस्तो छ त पढाई ?
तीन बर्ष सम्मका लागि सप्तश्री एकेडेमीमा अध्यापनका लागि काठमाडौंबाट अनुभवी विद्याललय कन्सल्टेन्ट समेत झिकाइएको छ । अनुभवी ‘कन्सल्टेन्ट‘को प्रत्यक्ष रोहबरमा यहाँ यस बर्ष बेबी केयरदेखि कक्षा ५ सम्मको पठनपाठन हुनेछ । यहाँ बालबालिकालाई मल्टिमिडियाको माध्यमबाट पढाइन्छ । बालबालिकाका लागि पढाईसंगै चाहिने मनोरञ्जन र अन्य सुविधाहरु सहज रुपमा उपलब्ध हुने निर्देशक सुवेदी बताउँछन् । सुवेदी भन्छन– दमकमा मात्रै होइन उपत्यकाबाहिर नै सप्तश्री एकेडेमीको जस्तो पूर्वाधार र शैक्षिक वातावरण अरु कुनै स्कूलमा छैन । हामी कसैको प्रतिश्पर्धी पनि होइनौं र हाम्रो प्रतिश्पर्धी स्कूल पनि यहाँ छैनन् । हामी विल्कुलै अरु बोर्डिङ स्कूल अथवा मन्टेश्वरीले दिने भन्दा फरक किसिमबाट शिक्षा दिन्छौं । यहाँ विद्यार्थीका लागि आवासीय सुविधासहित पठनपाठन गराउँछौं । बिहान ८ बजेदेखि बेलुकी ६ बजे सम्म कोर्षका अतिरिक्त बालबालिकाको चौतर्फी ज्ञान र मनोरञ्जनसहित कक्षा सञ्चालन गर्छौ उनले भने ।
यस बर्ष यो एकेडेमीमा २५० विद्यार्थी मात्र भर्ना गर्ने लक्ष्य सप्तश्रीले लिएको छ । साथै यहाँ पूर्णरुपमा मल्टिमिडियाको माध्यमबाट अध्यायन गराइन्छ । यस विद्यालयमा एयर कण्डिसनसहितका कक्षाकोठा निर्माण गरिएका छन् । काठमाडौं बाहिर छिमेकी मुलुक भारतको सिलिगुडी, दार्जिलिङ, सिक्किम, खर्साङ लगायतका शहरमा मात्रै यस किसिमको व्यवस्थित शैक्षिक वातावरणमा अहिले सम्म पढाई हुदै गरेको छ ।
उपत्यकाबाहिर त्यसमा पनि पूर्वी नेपालमा यस किसिमको सुविधा सम्पन्न शिक्षा दिने शैक्षिक संस्था नभएकाले शैक्षिक क्षेत्रमा अभिभावकहरुले बालबालिकालाई आफूले चाहे जस्तो शिक्षा दिन सुविधा मिलेको अभिभावकको बुझाई छ । स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरौं भन्ने सोचका साथ सप्तश्री स्थापना गरिएको निर्देशक सुवेदीले बताए । हाम्रो ठूलो लगानी गुणस्तरीय, प्रविधियुक्त र व्यवहारिक शिक्षाका लागि विदेशतर्फ गईरहेका युवा जनशक्तिलाई न्यूनिकरण गर्न र स्वदेशमै गुणस्तिरिय शिक्षा सम्भव छ भन्ने उदाहरणका लागि पनि सप्तश्रीको परिकल्पना गरिएको हो – निर्देशक सुवेदीले भने ।

अतिरिक्त क्रियाकलापः
शिप, संस्कार र जीवन उपयोगी अतिरिक्त क्रियाकलापहरु जस्तैः नर्सिङ केयर, योगा, नाटक, तृत्य, संगित, मार्सल आर्ट, टेबुल टेनिस, ब्याडमिन्टन, बास्केट बल, क्रिकेट, भलिवल, स्वीमिङ पुल, फुटसल लगायत १५ बढी क्रियाकलाप गराइन्छ ।

को हुन निर्देशक सुवेदी ?

बुबा मेघराज र आमा विष्णुदेवीको कोखबाट २०४१ साल माघ १४ गते मोरङको बयरवनमा जन्मिएका सुवेदी औषधी व्यवसायको क्षेत्रमा क्रियाशील छन् । उनी पेशाले फर्मासिस्ट हुन् । सामाजिक तथा व्यवसायिक सबै क्षेत्रमा उनको नाम अग्रपत्तिंmमा आउँछ ।
सप्तश्री एकेडेमी उपत्यका बाहिर पहिलोपटक यस्तो, प्रविधि मैत्री तथा अन्तराष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यकासाथ स्थापना गरिएको संस्था भएको बताउँदै निर्देशक सुवेदी भन्छन – यस क्षेत्रका सम्पूर्ण अभिभावक तथा शुभचिन्तकहरुलाई एक पटक संस्थामा आई आवश्यक सरसल्लाह दिन तथा परामर्श लिन आग्रह गर्दछौं । किनकी सप्तश्रीमा पढेका विद्यार्थीहरु नै भोली साँचो अर्थमा अन्तरािष्ट्रय बजारमा प्रतिस्पर्धा गर्न सक्नेछन् र संस्कार र सभ्यतायूक्त समाजको निर्माणमा उदाहरण बन्न सक्नेछन् ।

के छ विद्यार्थी भर्नाको सुविधा ?
यस विद्यालयले यही चैत्र १५ गतेदेखि विद्यार्थी भर्नाकालागि विद्यालय हाताबाट आवेदन फर्म वितरण भईरहेको छ । सिट सिमित रहेकाले आप्mना नानीबाबुहरुका लागि समयमा आवेदन फर्म भर्न विद्यालय हार्दिक अनुरोध गर्दछ ।

 

सप्तश्री नै किन त ?
–सीप तथा प्रविधिमा आधारित सिकाई कृयाकलाप ।
–नैतिक शिक्षा र आध्यात्मिक चेतनामा आधारित संस्कारसहितको शिक्षा ।
–सुचना, प्रविधि, कम्प्युटर तथा सफ्टवेयरमा आधारित सिकाई कृयाकलाप ।
–असल र सफल व्यक्तित्व निर्माणमा केन्द्रित परामर्श तथा अतिरिक्त कृयाकलापहरु ।
–निरन्तर रचनात्मक मुल्याङकन प्रविधिको प्रयोग ।
–नियमित पुस्तकालयमा आधारित क्रियाकलापहरु ।
–परियोजनामा आधारित शिक्षण विधि र प्रयोगहरु ।
–प्रयोगात्मक कक्षा शिक्षण तथा सिकाई विधि
–नियमित परामर्श, सहयोग र अन्तरक्रिया
–नियमित योगा तथा शारिरिक अभ्यासहरु ।
–प्रतिस्पर्धात्मक र रचनात्मक कार्यक्रमहरु ।
–प्रविधिमैत्री शिक्षण सिकाई कृयाकलाप ।
–शैक्षिक भ्रमण तथा स्थलगत सिकाई अभ्यास ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here