कुलतमा फसेका बालकहरुको उद्धार

0
296

दमक/ नगरपालिका, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा
लागुऔषध प्रयोगकर्ता बालबालिकाहरुको उद्धार भइरहेको छ । दमक चोकबाट ३ जना बालकहरुको उद्धार गरेको दुइसातापछि थप दूइ जनाको पनि उद्धार भएको छ ।
३ जनालाइ दमकको हेप्पी नेपालमा राखिएको छ भने शनिवार उद्धार गरिएका २ जनालाइ हेप्पी नेपाल समेतको सहयोगमा बिर्तामोड स्थित पुनर्जन्म समुह नेपालमा पठाइएको लायन्स क्लव अफ दमकका अध्यक्ष रुद्र गौतमले जानकारी दिए ।
लागुऔषधमा फसेका बालकहरुको कुरा सुन्दा आँखा रसाउने गरेको भन्दै अधिकारीले कुनै पनि हालतमा सडकका बालबालिकाहरुलाइ २ देखि ३ महिनाभित्रमा उद्धार गरिने उनको प्रतिबद्धता रहेको छ ।
लायन्स क्लव अध्यक्ष गौतमले आफूहरुको सानो प्रयास र पहलकदमी सार्थक बन्दै गएको जनाउदै ३ जनाको उद्धारपछि २ जना आफै आएर सुधारका लागि सहयोग गरिदिन आफूहरुलाइ भनेको जनाए ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीले सडकमा १८ जना बालकहरु यस्तो अवस्थामा रहेको आफूहरुसंग रेकर्ड रहेको र ३ जनाको उद्धारपछि अरु पनि सुध्रन इच्छुक भएको बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here