अस्पतालभित्र आगलागी

0
256

झापा, ६ फागुन / झापाको विर्तामोड नगरपालिका ५ स्थित बिएण्डसी अस्पतालमा रहेको एक होटलमा आगलागी भएको छ । अस्पताल हाताभित्र रहेको चित्र देवानले सञ्चालन गरेको होटलमा शनिवार बिहान सवा ११ बजेतिर ग्याँस लिक हुँदा आगलागी भएको हो ।
आगलागीबाट उनको होटलभित्र रहेको फर्निचरहरु तथा खानेकुरा समेत जल्दा अन्दाजी तीन लाख बराबरको क्षति भएको छ । आगो निभाउनेक्रममा होटल धनि देवान सामान्य घाइते भएका छन् । आगलागी दमक, बिर्तामोड नगरपालिकाको दमकल र स्थानियबासीको सहयोगमा दिउसो नै पूर्ण रुपमा नियन्त्रण गरिएको छ ।
यता तेह्रथुमको छथर गाउँपालिका २ बस्ने पदममाया सार्कीको घरमा दिउँसो १२ बजेतिर आगलागी भएको छ। सार्कीको घरमा दिउँसो १२ बजेतिर खाना पकाउनेक्रममा आगलागी हुँदा ढुङगा माटोले बनेको खयरले छाएको घर जलेको छ। आगलागीबाट उनको घरभित्र रहेको सामान, भाडावर्तन र लत्ताकपडा समेत जलेर नष्ट भएको छ। आगोले करिब तीन लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा १३,१५ बजे नियन्त्रण गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here