सामाजिक सेवामा “वर्क फर नेपाल”

0
72

कमल/ वर्क फर नेपाल नामक संस्थाले पूर्वी नेपालका विभिन्न अस्पतालहरुलाई साढे ३ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विभिन्न दातृसंस्थाहरुको समन्वयमा प्राप्त ति सामाग्री उक्त संस्थाले प्रदान गरेको हो । आफ्नो ५ वर्षे कार्य सम्पादनका बारेमा आयोजीत सामाजिक लेखा परीक्षणका क्रममा संस्थाले सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार झापाका मेची, दमक अस्पताल, आम्दा, मोरङ्को पथरी, कोशी, पथरी लगायतका अस्पताल र केहि स्वास्थ्य चौकीहरुमा ति सामाग्री प्रदान गरिएको हो ।

झापाको कमल ६ मा कार्यालय रहेको सो संस्थाले सन् २०१८ देखि २०२२ सम्म गरेका र आगामी दिनमा सञ्चालनहुने कार्यक्रमहरुका बारेमा सामाजिक लेखा परीक्षण गरेको हो । संस्थाले त्यस अवधीमा ८३ ओटा विद्यालयमा स्वच्च पिउने पानीको प्रवन्ध गरेको, २ सय ५७ जनालाई विभिन्न आयमूलक शिप प्रदान गरेको, ग्रामिण क्षेत्रहरुमा शिविर सञ्चालन गरि १ हजार ३ सय भन्दा बढि मोतियाविन्दूका विरामी पहिचान गरि शल्यक्रिया गराएको जनाएको छ । यस्तै ६ जनाको पाठेघर खस्ने समस्याको निदानका लागि उपचार गराएको संस्थाका कोषाध्यक्ष दिनेश संग्रौलाले जानकारी दिनुभयो ।

कमल ५ को पाडाजुङ्गीमा आयोजीत कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरिवी न्युनिकरण तथा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको पूर्तीका लागि वर्क फर नेपाल गाउँपालिकाको भरपर्दो साझेदारको रुपमा रहेको बताउनु भयो । आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै उक्त संस्थाको पारदर्शीता र प्रभावकारी कार्यशैली अरुका लागि पनि सिकाई हुन सक्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी राईले आयोजक संस्थाको तालिम लिएका महिलाहरुको आय आर्जनका लागि वितरण गरिएका दुई थान ढाका बुन्ने तान समेत हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेल्पिङ् हेण्डस् नेपालका कार्यक्रम व्यवस्थापक जिवप्रसाद पोखरेल, कमल ५ का वडाध्यक्ष लालबहादुर विष्ट लगायतले समुदाय तथा स्थानीय सरकारसँगको सहकार्यमा हुने कार्यक्रमहरु प्रभावकारी र उपलव्धिमूलक हुने गरेको बताउनुभयो । कार्यक्रममा अन्य जनप्रतिनिधीहरु, पूर्वजनप्रतिनिधीहरु, शिक्षक, विद्यार्थी, संस्थाका लाभग्राही लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here