रोटरी क्लब अफ दमकले गर्याे बिद्यालयमा शुद्ध खानेपानीको ब्यवस्था

0
124

दमक / रोटरी क्लब अफ दमकले दमक ८ स्थित जनता आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाईलाई सुद्ध खानेपानीको ब्यवस्था गरिदिएको छ । उक्त बिद्यालयमा क्लबले पानी ट्यांकी सहित धाराको व्यवस्था गरेको हो ।

निर्माणा सम्पन्न भएको उक्त ट्यांकी र धारा आज एक कार्यक्रम गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उप प्रमुख रेगिना भट्टराईले बिद्यार्थिहरुलाई सुद्ध खानेपानीको व्यवस्था गरेर रोटरीले उच्च मानविय कार्य गरेको भन्दै प्रशंसा गरीन् । सबै पक्षको सहयोग बाटनै नगरको बिकास सम्भव भनएको भन्दै उनले रोटरी जस्ता अन्तर्राष्ट्रिय संघ संस्थाहरु संग नगरपालिका सहकार्य गर्न तयार रहेको बताइन्।

अढाई लाख रुपैयाँ भन्दा धेरैको लगानीमा उक्त खानेपानी योजना सम्पन्न गरिएको रोटरी क्लबका अध्यक्ष भरत चम्लागाईंले जानकारी दिए । कार्यक्रममा दमक वडा नम्बर ८ का वडा अध्यक्ष दिपेश दाहाल, नगर श्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here