झापामा गौरादहबाट शुरु भयाे धनीपूर्जा वितरण

0
117

दमक/ झापामा भुमी आयोगले जग्गा धनीपूर्जा वितरण गर्न थालेको छ । पछिल्लो समय झापामा रहेको तिलकसिंह पाण्डे नेतृत्वको आयोगले मंगलबार जिल्लामै पहिलो पटक गौरादह नगरपालिका –४ का अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा वितरण शुरु गरेको हो ।

राष्ट्रिय भूमि आयोगले नगरपालिकाको समन्वयमा मंगलवार ती वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरेको नगरपालिका प्रमुख रोहित कुमार साहले बताए । गौरादह ४ स्थित वडा कार्यालयमा आयोगका केन्द्रीय उपाध्यक्ष नरेन्द्र खडकाको प्रमुख आतिथ्य र नगर प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय मेघराज पौडेललाई १० कठ्ठा जग्गाको पहिलो पूर्जा वितरण गरेर सोको शुभारम्भ गरिएको थियो ।

आयोगका जिल्ला अध्यक्ष पाण्डेका अनुसार आयोग गठन भएपछि जिल्लामा पहिलोपटक गौरादह ४ का अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरि कामलाई तिव्रता दिएको हो ।

आयोगले अब भने स्थानीय तहको निर्वाचन पछि मात्र जिल्लाको विर्तामोड, बुद्धशान्ति, मेचीनगर लगायतका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई जग्गा धनीपूर्जा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताए । धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेसहित स्थानीय राजनीतिक दलका नेताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा नगर उपप्रमुख गीता भेटवालले स्वागत मन्तव्य राखेकी थिइन भने गौरादह ४ का वडाध्यक्ष मणिन्द्र कार्की लगायतले पनि बोेलेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here