आसाम,गुवाटी देखि काठमाण्डाै हिडेका साइकलयात्री लुईटेल दमकमा

0
91

दमक,११ चैत । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम,गुवाटी खेत्रीका २० बर्षिय साईकलयात्री पवन शर्मा लुईटेल दमकमा आईपुगेका छन् । उनले आसामबाट शुरु गरेको साईकलयात्रा नौ दिनका दिन विहिबार साँझ दमक आइपुगेका हुन् ।

दमकमा उनी संगम स्वीट्सका सञ्चालक समेत रहेका आफना काका विमल शर्माको घरमा बसेका थिए । त्यहाँ एकरात विताएपछि गन्तव्यतर्फ लागेका छन् उनी । उनलाई नेपाल -भारत मैत्री संघ दमकले यात्राको सफलताको शुभकामना दिदै ढाकाटोपी र खादा लगाएर सम्मान गरिएको उपसभापति दिनेश अग्रवालले बताए ।

संक्षिप्त शुभकामना कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुले यात्राको शुभकामना दिएका थिए भने यात्री लुईटेलले यात्राको अनुभव सुनाएका थिए । भारतमा भने उनलाई स्थानीय केहि संघसंस्थाले सहयोग पुरयाँएका थिए । नेपालमा पहिलोपटक आएका उनले अव बढीमा १० दिन भित्र नेपालको काठमाडौंसम्मको यात्रा सफलता पूर्वक सम्पन्न गर्ने लक्ष्य सुनाउँछन् । १९ दिन लगाएर आफनो करिव ९सय ७६ किलोमिटर यात्रा टुङग्याँउने बताउदै उनले भने, –‘ सवैको सहयोगबाट नै मैले यो यात्रालाई दुई देशसम्म जोड्न सकेको छु ’ साईकलबाट यसरीनै भारतको आसाम घुमिसकेका उनले अव अल इन्डिया हुदै विश्वयात्रासम्म निस्कने लक्ष्य राखेको बताए ।

सामान्य साईकलमार्फत दैनिक एक सय किलोमिटर दुरी यात्रा गरिआएका उनले बाटोमा आफनो यात्राको उद्देश्य पनि सुनाउदैआएका बताउँछन् । गन्तव्यमा पुग्नु मात्र आफनो उद्देश्य नभएको बताउदै उनले महिला हिंसा नियन्त्रण गर्न तथा स्वच्छ पर्यावारण जोगाउन आफनो मुख्य उद्देश्यका बारेमा समेत सचेतना दिदैआएको बताउँछन् ।

सूचना ,प्रविधिमा स्नातक तहमा अध्ययनरत नेपालीमूलका भारतीय युवा लुईटेलको साईकलयात्रालाई समाजले प्रोत्साहन दिनु पर्ने खाँचो रहेको संगम स्वीट्सका सञ्चालक शर्माले बताए । उक्त विदाई कार्यक्रमका संयोजक रहेका शर्मासहित नेपाल- भारत मैत्री संघका उपसभापति दिनेश अग्रवाल, सहसचिव सञ्जिव बराल,कोषाध्यक्ष रुद्र गौतम, सदस्यहरु चन्द्र खत्री दाहाल लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here