गोर्खाब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश

0
206

दमक । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ ।

दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक÷एक गोल गरे ।

गोर्खाब्वाइजले खेलको दास्रो मिनेटमै खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औँ मिनेटमा यानिकले गोर्खाब्वाइजले अग्रतालाई दोब्बर बनाए । मैदानको मध्यभागबाट आएको बललाई उनले गोलमा परिणत गरे । खेलको ५१ औँ मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे ।खेलको ७० औँ मिनेटमा सुनील खड्काले चौथो गोल गरे ।  खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाँचौँ गोल गरे । खेलमा दुर्गापुरले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा घर फर्कियो । दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिको आयोजनमा भएको बिहीबारको खेलमा विजयी गोर्खाब्वाइजका यानिक म्यान अफ दि म्याच भए । उनले नगद दश हजार प्राप्त गरे ।

शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिए । बागमतीले यसअघि आयोजक दमक–११ लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here