सहकारी केन्द्र दमकको अध्यक्षमा नवीन

0
167

दमक / नेकपा (माओबादी केन्द्र )निकट सहकारी केन्द्रको दमक नगर कमिटी गठन भएको छ। बिहीबार दमकमा भएको भेलाले नवीन कुमार भट्टराईको अध्यक्षतामा १५सदस्यीय समिती गठन गरेको हो। नवगठित समितिको उपाध्यक्ष प्रकाश न्यैपानी सचीव चन्द्र प्रकाश पौडेल सह सचीव अनमोल तामाङ र कोषाध्यक्षमा गिता दाहाल चयन भएका छन् ।

उक्त समितीले सहकारी क्षेत्रका समस्याहरुको समाधान र विभिन्न अभिमुखी तालीमहरु गर्ने नबनिर्बचित अध्यक्ष भट्टराईले जानकारी दिए। सहकारी केन्द्र प्रदेश १ संयोजक भानु दगालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेदु गौतम, रमेस गुरागाइ, सन्तोष गौतम लगाएतको उपस्थित रेहेको थियो। उक्त भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितीको संयोजकमा डिल्ली पोख्रेल र सदस्यहरु लक्ष्मी नेपाल ,बिबेक दाहाल हरेका छन।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here