बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

0
123

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

बढेको मूल्य राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ ।

डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । यसअघि आजै दिउँसो निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ मूल्य बढेर आएको विज्ञप्ति निकालेको थियो ।

विज्ञप्तिमा भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको जनाइएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here