दमककाे देवकोटा चौकमा ‘गोल्डअवार्ड बेकरी हाउस’ सञ्चालनमा

0
367

दमक– ६ स्थित देवकोटा चौकमा बुधबारदेखि ‘गोल्डअवार्ड बेकरी हाउस’ सञ्चालनमा आएको छ । बेकरीमा अन्तराष्ट्रिय ख्याति  कमाएका दक्ष तीन जना युवाहरुले मिलेर आफनै ठाँउमा व्यवसायिक बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् ।

आधुनिक तथा पारिवारिक वातावरणसहितको व्यवस्थापन गरिएको गोल्ड अवार्ड बेकरीको दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले उद्घाटन गरे । उद्घाटनका क्रममा वडाध्यक्ष थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले व्यवसायिक सफलताको शुभकामना राखेका थिए ।

बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त गोल्डमेडलिष्ट भईसकेका इन्द्रकुमार खापुङ, ज्ञान बहादुर योङया र दिपेश नेम्बाङले सञ्चालनमा ल्याएका हुन् । खापुङ बेकरीमा मलेशिया,माल्दिभम्स लगायतका देशमा विभिन्न अवार्ड जितिसकेका युवा उद्यमी हुन् । उनले पछिल्ला समय नेपालीको रोजाई बन्दै गएकाले विदेशकै स्तरीय बेकरी उपलव्ध गराउन आफूहरुले व्यवसायिक शुरुवात गरेको बताए । उनले भने, –‘बेकरी परिकारको दुनियाँ नयाँ सन्तुष्टि दिन प्रतिवद्ध छौं, ग्राहकहरुले पक्कै पनि सेवा दिने मौका दिनुनै हुने छ ’बेकरीमा तीन जना युवाले करिव एक करोड लगानी गरिसकेका छन् ।

बेकरीमा आफनै उद्योग,बर्डथे लक्षित सेवा तथा खाजाका गुणस्तरिय परिकार सुलभ मूल्यमै सेवा पुरयाँउन प्रतिवद्ध भएको उद्यमी खापुङले बताएका छन् । उद्घाटनका अवसरमा ग्राहकहरुको सुविधाका लागि आर्कषक छुटको समेत व्यवस्था गरिएको उनले बताए । बयोवृद्ध हर्कहाङ खापुङको अध्यक्षतामा भएको बेकरी गृह उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायत सञ्चारकर्मी,उद्यमी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here