जन्मोत्सवको अवसरमा दुई विप्पन्न परिवारलाई निशुल्क जग्गा

0
100

दमक/ दमकका पुराना सामाजिक व्यक्तित्व स्व. केदार बस्नेतको परिवारले दमक २ का जग्गाबिहिन दुई दलित परिवारको बसोबासका लागि निशुल्क जग्गा प्रदान गरेका छन ।

स्व. बस्तेनकी धर्मपत्नी गीता बस्नेतको ७२ औं जन्मोत्सवको अवसर पारेर आज ( बुधबार) उनको परिवारले दमक २ का टिकाराम दर्जी र खडगबहादुर विश्वकर्माको नाममा अलग अलग १०/१० धुर जग्गा निशुल्क प्रदान गरेका हुन ।

छोरा रेवत बस्नेतले आफूहरुको परिवारसंग निकट रहेर पनि लामो समयदेखि जग्गाबिहिन रहेको परिवारलाई पितृहरुको स्मरण गर्दै आमाको जन्मदिनको समेत अवसर पारेर सो जग्गा निशुल्क प्रदान गरिएको बताए । दमक २ स्थित शिवाश्रम मन्दिर परिसरमा दाता परिवारकी अभिभावक बस्नेतको अध्यक्षता र दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यमा आयोजना गरिएको औपचारिक कार्यक्रमका बीच दाता परिवारले उनीहरुलाई जग्गाको धनीपूर्जा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष सापकोटाले वडाले समेत गर्न नसकेको काम बस्नेत परिवारले गरेर विपन्न परिवारलाई अविस्मरणीय योगदान दिएको भन्दै प्रशंसा गरे । उनले स्थानीय सरकारले सुकुम्बासीहरुलाई जग्गाको व्यवस्थापन गर्ने दिर्घकालिन योजना बनाएको र धमाधम उनीहरुको व्यवस्थापन गर्ने काम भइरहेको बताए । विपन्नहरुको लगत संकलन गरेर उनीहरुलाई खाद्यन्नमा २५ प्रतिशत सहुलियतको कार्यक्रम ल्याउन लागेको पनि जानकारी गराए ।

कार्यक्रममा राप्रपाका १ नम्बर प्रदेश संयोजक समेत रहेका स्व. केदार बस्नेतका निकटतम सहयात्री रामकुमार थापाले स्वर्गीय बस्नेतसंगको जिवनभोगाईका अनुभवहरु सहित उनको परिवारले समाजमा उल्लेखनिय योगदान दिएर स्वर्गीय बस्नेतप्रति सच्चा सम्मान गरेको उल्लेख गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here