प्रथम कमल अध्यक्ष कप : धुलाबारी फुटबल एकाडेमी सेमिफाइनलमा प्रवेश

0
183

कमल, धुलाबारी फुटबल एकाडेमी प्रथम अध्यक्षकपको सेमिफाइनलमा प्रवेश गरको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४–३ अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।


धुलाबारीको तर्फबाट सन्देश खवासले २ गोल गरे । धुलाबारीको जितको लागि निरज कार्की र सन्तोष परियारले थप १–१ गोल गरे । बेलबारीको तर्फबाट विल्सन गिरी, रोहन कार्की र आदित्य तामाङले समान १–१ गोल गरे ।

खेलको ९औं मिनेटमा धुलाबारीका विशाल दर्जीले प्रहार गरेको फ्रिकिक बेलबारीका गोलरक्षक मुस्कान लिम्बुबाट रिवाउन्ड बललाई सदुपयोग गर्र्दै धुलाबारीका सन्देश खवासले गोल गरे ।

११औं मिनेटमा मानव पौडेलको क्रसमा निरज कार्कीले गोल गर्दै नतिजा दोब्बर बनाए । पहिलो हाफमा धुलाबारीले २–० को नतिजा कायम राखे । दोस्रो हाफ पछि खेलको लयमा फर्केको बेलबारीले ४४औं मिनेटमा विल्सन गिरीले गोल गरे । बेलबारीको तर्फबाट ४९औं मिनेटमा रोहन कार्कीले गोल गर्दै टिमलाई बराबारीमा ल्याए । ६२औं मिनेटमा बेलबारीका आदित्य तामाङले गोल गर्दै टिमलाई ३–२को अग्रता दिलाएको थियो ।

तर, ६३औं मिनेटमा धुलाबारीका सन्देश खवासले व्यक्तिगत गोल गर्दै टिमलाई बराबरीमा फर्काए । ७०औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २८यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सन्तोषले गरेको सुन्दर गोल नै खेलको निर्णायक गोल बन्यो । जीतसँगै धुलाबारीले एपीएफ पकलीसँग सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ ।
शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली धुलाबारीका सन्देश खवास घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आइतबार टेम्के फुटबल क्लब सुनसरी र रेडहर्ष फुटबल क्लब इलामबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल सोमबार एपीएफ पकली र धुलाबारी फुटबल एकाडेमीबीच हुनेछ । फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ ।

अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here