१०३ बर्षिया बृद्धालाई कांग्रेस नेता राईबाट ह्विलचियर प्रदान

0
344

दमक / नेपाली कांग्रेस एक नम्बर प्रदेश समिति सदस्य एवं झापा क्षेत्र नं ५ का महाधिवेशन प्रतिनिधि हुकुमसिंह राईले झापाको गौरादह ४ डोरामारी निवासी १०३ बर्षिया तिलरुपा भण्डारीलाई सहायता सामग्रीका रुपमा ह्वीलचियर प्रदान गरेका छन ।

बृद्ध अवस्थामा पनि उठबस गर्न सक्ने क्षमता भएकी बृद्धा भण्डारीको जिवनशैलीमा सहजता ल्याउन ह्विलचियर उपयोगी हुने भएकाले राईले उनलाई घरमै पुगेर सम्मानसहित ह्विलचियर प्रदान गरेका हुन ।

कांग्रेस सचिव नेत्र खडकाको आग्रहमा नेता राईले केही समय अघिदेखिनै बृद्धालाई सो सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस अवसरमा नेता राईले समाजका ज्येष्ठ नागरिकहरुलाई यस किसिमको सहायता गर्न पाउँदा आफूले गौरान्वित महसुस गरेको बताए ।

उनले ढल्किदो उमेरसंगै स्वास्थ्यमा आउने समस्यालाई मध्यनजर गरेर चिसो मौसममा ज्येष्ठ नागरिकहरुको हेरचाह र स्वास्थ्यमा विशेष ध्यान पुरयाउन आग्रह गरे । सो अवसरमा भण्डारी परिवारका सदस्यहरुले देशभरमै १०३ बर्षिय तिलरुपालाई आफूहरुले अग्रजका रुपमा लिएको बताएका थिए । बृद्धालाई सो सहायता सामग्री हस्तान्तरणको अवसरमा कांग्रेसका नगर तथा वडा तहका नेता, कार्यकर्ताहरुको प्रतिनिधिमुलक उपस्थिती थियो ।

ह्वीलचियर प्रदान गरे पछि काग्रैस नेता हुकुम सिहं राइ र तिलरुपा भण्डारी
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here