भत्किएको पूलमाथि मन्त्री र बिद्यार्थीको जम्काभेट

0
249

दमक / प्रदेश एक सरकारका सामाजिक बिकास मन्त्री जयराम यादव सोमबार दिनभर झापाको क्षेत्र नं ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न ठाउँमा व्यस्त भए ।

सो क्रममा मन्त्री यादव र कमल ५ लखनपुरस्थित मंगलमय माविका बिद्यार्थीबीच बिद्यार्थीको दैनिक आउ जाउ गर्ने बाटोमा पर्ने गेउरिया खोलाको भत्किएको पूलमा भेट भयो । कक्षा ६ की छात्रा रिया कार्की र दिक्षा आचार्य सदा जस्तै सोमबार करिब १ बजे पढाई सकेर घर फर्किदैं गर्दा बाटोमै आफनो दैनिक आउजाउमा पक्की पूल नहुँदाको समस्या राख्न पाउँदा निक्कै खुशी देखिन्थे । घर र स्कूल आउ जाउ गर्दा सधैं भत्किएको पूलबाट खोला तर्नुपर्ने उनीहरुको बाध्यताका बिषयमा मन्त्री यादवले चासोसाथ प्रश्न पनि राखेपछि बिद्यार्थीहरुले पूलमा बेरा नभएको, काठे पूल भत्किदा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको बारे मन्त्री यादवलाई निर्धक्कका साथ जानकारी गराउने मौका पाए । बिद्यार्थीहरुलाई बाटोमै अचानक भेटेपछि मन्त्रीले पनि पूलको मात्रै बिषयमा कुरा सुनेनन ।

बिद्यालयमा पठनपाठनको बिषयमा पनि जिज्ञासा राखि हाले । बिद्यार्थी र मन्त्रीबीच एकैछिनको कुराकानीपछि बिद्यार्थी घर तर्फ लागे भने मन्त्री यादवले त्यहाँ पूलको योजना सम्बन्धित वडाबाट सिफारिस गराएर मन्त्रालयमा तत्काल पेश गर्न स्थानीय दलका नेताहरुलाई निर्देशन दिए । जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री यादव पार्टी संगठनका अतिरिक्त कमल गाउँपालिका क्षेत्रमा पर्ने केही महत्वपूर्ण योजनाहरुको बारेमा स्थलगत रुपमै जानकारी लिन आएका थिए ।

उनले सो क्रममा त्यहाँस्थित राधाकृष्ण मन्दिर परिसरमा निर्माणाधिन चार कोठे सामुदायिक भवन र त्यहाँको अवस्थाका बारेमा जानकारी लिए । मन्त्री यादवलाई साुमदायिक भवन निर्माण समिति र सरोकारवालाहरुको समुहले सो योजना सम्पन्न गर्न आवश्यक थप बजेटका लागि आग्रह गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here