शिबसताक्षी भेट्रान फुटबल क्लब आजबाट शुरु , उदाटन खेलमा वडा नम्बर ६ र ८ भिड्ने ।

0
261

डुडामारी । झापाको धरमपुरमा आज देखि शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुदै छ ।

शिबसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा धरमपुरस्थित प्रस्तावित फुलबारी रंगशालामा प्रतियोगिता संचालन हुनलागेको हो । उक्त प्रतियोगितामा शिबसताक्षी नगरपालिकाको १० टिमले सहभागिता जनाउने आयोजक तथा शिबसताक्षी भेट्रान क्लबका अध्यक्ष लिाल बहादुर जोशीले बताए । आज ३ बजे बाट शुरुहुने खेल वडा नम्बर ८ र ६ बिच हुने आयोजकले जनाएको छ ।

आयोजक शिबसताक्षी फुटबल भेट्रान फुटबल क्लबका अध्यक्ष एबम् खेलाडी लीलाबहादुर जोशीका अनुसार नगरपालिकाको वडा नं ५ बाहेक १० वटा वडाले प्रतियोगितामा सहभागि जनाउने भएका छन् ।
खेलको उद्याटन नगर प्रमुख चन्द्रकुमार शेर्माले गर्ने बताइएको छ ।

प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्था शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलाबहादुर जोशीले जानकारी दिए । शिबसताक्षी भेट्रान फुटबल प्रतियोगिता १७ पुससम्म सञ्चालन हुने बताइएको छ । दुबै टिम जितको शुखद सुरुवात गर्ने उदेश्य सहित मैदानमा उत्रदैछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here