अज्ञात व्यक्तिको हतियार प्रहार बाट दमक २ का एक युवाको मृत्यु

0
815

दमक/ झापाको दमक बजारमा आज ( बुधबार ) राती ७ बजे एक युवकको हत्या भएको छ ।

दमक ६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।

हतियार प्रहारबाट घाईते भएका उनको उपचारका लागि विएण्डसी अस्पताल लगिएकोमा तत्कालै मृत्यु भएको डिएसपी कार्कीको भनाई छ ।

घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन । प्रहरीले सो घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here