फाक्तेप गोल्डकप : तुर्केनी फुटबल क्लब काँकडभिट्टा फाइनल प्रवेश

0
178

झापा, झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।

आज (विहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा तर्केनी फुटबल क्लबले जलथल फुटबल क्लब हल्दीबारीलाई ६–१ को विशाल गोल अन्तरले पराजित गरेको हो । काँकडभिट्टाको तर्फबाट खेलको पहिलो हाफको १५ औं मिनेटमा मिलन लिम्बुले गोलको खाता खोलेका थिए । यस्तैगरी २२ औं मिनेटमा विदेशी खेलाडी सोह्वील, २५ औं मिनटेमा योगेश गुरुङले एक–एक गरे ।

यस्तै खेलको दोस्रो हाफको ५१ औं मिनेटमा अफ्रिकन खेलाडी योमीले गोल गरे, त्यसपछि खेलको ६९ औं मिनेटमा पुनः मिलन राईले सुनौलो गोल गरे । निक्कै नै उत्कृष्टक खेल प्रदर्शन गरिरहेको काँकडभिट्टाले गोल थप्ने कार्यलाई निरन्तर अघि बढाइ नै रहे यत्तिकै मिलन गुरुङ र खेलको अन्त्य ७२ औं मिनेटमा गोल गरे । यस्तै जलथल फुटबल क्लब हल्दीबारीका तर्फबाट सरोज कार्कीले ६७ औं मिनेटमा सान्तवना गोल गरे ।

खेलको म्यान अफ द म्याच विजेता टिमका विदेशी खेलाडी अबयोमी फकुन्ले घोषित भए । उनलाई प्रतियोगिताको मुख्य प्रायाजक एनी ब्राण्डका प्रमख सन्तोष थोप्राले ट्रफी, मेडल र नगद प्रदान गरेका थिए । प्रतियोगिताको फाइनल खेल शनिबार धरान सि.टी. फुटबल क्लब र आजको विजेता तुर्केनी फुटबल क्लब काँकडभिट्टा बीच हुने आयोजकका अनिल लिम्बुले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here