२६०० विन्दुबाट तल झर्यो नेप्से सूचक, कारोबार रकममा सामान्य सुधार

0
158
काठमाडौं : सेयर बजारमा बिहीबार भारी गिरावट आएको छ । यस दिन नेप्से सूचक ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा अडिएको छ । यससँगै, नेप्से सूचक २६ सय विन्दुभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा खरिदबिक्री रकम भने सामान्य बढेको छ । ३ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्लो समय वित्तीय प्रणालीमा लगानीयोग्य रकम संकुचित हुँदा सेयर बजार प्रभावित बन्दै आएको छ । बुधबार केही सम्हालिन खोजे पनि बिहीबार लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।
यस्तै, अहिले एकाएक फैलिन थालेको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण पनि कतिपय लगानीकर्ता आत्तिएको अनुमान गरिएको छ । सेयर बजार घट्ने बढ्ने क्रम चलिरहन्छ । लगानीकर्ताले आफ्नो अध्ययन र विवेकका आधारमा लगानी गर्नुपर्दछ । अहिले सेयर बजारको सिजन चलिरहेका कारण घटेको बजारलाई मौकाको रुपमा पनि लिन सकिन्छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने र साधारण सभा बोलाउने क्रम बढेको छ । तसर्थ, अहिले सेयर खरिद गर्नेलाई छोटो समयमै लाभांश हात पार्ने मौका रहेको छ ।
यद्दपि, लगानीकर्ताले आफू कस्तो कम्पनीमा लगानी गर्दैछु भन्ने विषयमा भने ख्याल पुर्याउन आवश्यक छ । कम्पनीहरुको लाभांश क्षमता तथा अन्य आधारभूत पक्षहरुको अध्ययन गर्नुपर्दछ । कति समयका लागि लगानी गरिँदैछ भन्ने विषयमा पनि विचार पुर्याउनुपर्दछ । बिहीबार २३१ कम्पनीको ७९ लाख ३२ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । सूचीकृत सबै समूहमा गिरावट आएको छ ।
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here