एक साताभित्रै रेल सञ्चालनसम्बन्धी कानून ल्याइँदै छ : मन्त्री यादव

0
175

जनकपुर / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले एक साताभित्रमै रेल सञ्चालनसम्बन्धी आवश्यक कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सञ्चालनका लागि तयार पारिएको भौतिक संरचनाको आज निरीक्षण गर्दै मन्त्री यादवले कानुनको अभावमा रेल सञ्चालन हुन नसकेकाले आवश्यक कानुन ल्याउन सरकारले काम अघि बढाइसकेको बताउनुभयो ।

“रेल सञ्चालनका लागि आवश्यक कानुनका लागि सरकारले अध्यादेश तयार पारि सकेको छ”, मन्त्री यादवले भन्नुभयो, “अध्यादेश ल्याउनका लागि कागजात तयार भइसकेको र कागजातमा दस्तखत गर्न मात्र बाँकी छ ।” कागजातमा हस्ताक्षर भएपछि अध्यादेशमार्फत कानून ल्याइने उहाँको भनाइ थियो । रेल सञ्चालका लागि आवश्यक कानून, कर्मचारीको व्यवस्थापन र बजेटको निर्धारण भएपछि भारत तथा नेपालका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट भए पनि संयुक्तरुपमा रेलको उद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । मन्त्री यादवले रेल सञ्चालन नहुँदा निरासा बढेकाले छिट्टै रेल सञ्चालन गर्न अध्यादेश ल्याउन लागिएको बताउनुभयो ।

सो अवसरमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका सन्दर्भमा अहिलेसम्म भएको प्रगतिका बारेमा मन्त्री यादवलाई जानकारी गराउनुभयो । निरीक्षणका क्रममा मन्त्री यादवसँगै रेल विभागका महानिर्देशक दीपक भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहलगायतको सहभागिता थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here