राेटरीकाे स्थापना दिवसमा रक्तदान, दमकका मदन बाेहाेरा सम्मानित

0
206

दमक / राेटरी क्लब दमकले आफ्नो ११ औ स्थापना दिवस मनाएकाे छ ।

दमकमा रहेर बिभिन्न सामाजिक गतिबिधिमा सकृय रहदै आएकाे क्लबले  आफ्नो ११ औ स्थापना दिवस आज दमक चाैकमा  केक काट्नुका साथै खुल्ला रक्तदान कार्यक्रम गरी मनाएकाे छ ।

नेपाल रेडक्रस साेसाइटी उपसाखा दमककाे प्राबिधिक सहयाेग तथा मेघा एग्रिकल्चर प्रा.लि तथा फ्रुट एग्राे पाेडक्ट प्रा.लिकाे प्रायाेजनामा गरीएकाे उक्त कार्यक्रममा  ६२ प्रिन्ट रगत संकलन गरीएकाे छ ।  साेहि अवसरमा दमकमा रहेर  सामाजिक कार्यमा अतुलनीय याेगदान गर्ने मध्ये अपाङ्गता भएका ब्यक्तिहरूकाे लागि  पुर्न स्थापाना  तथा जिविकाे पार्जनमा सहयाेग गरी रहेका मदन बाेहाेरालाई सम्मान गरिएकाे थियाे ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका प्रमुख गणेश तिम्सिनाले राेटरी क्बल सहित दमकका सामाजिक संस्थाहरुले समाज प्रति गरेकाे उदाहरणिय कामका कारण दमकलाई देश तथा बिदेशमा चिनाउन सफल भएको बताए ।

कार्यक्रममा दमक ६ का वडा अध्यक्ष टेक बहादुर थापा ,लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक 325A1 गर्भनर एड अजय अग्रवाल,  सशस्त्र प्रहरी बल ३८ नं. गणका गणपति प्रहरी उपरीक्षक सुभास भण्डारी, इलाका प्रहरी कार्यालय दमकका प्रमुख  प्रहरी नायब उपरीक्षक नवराज कार्की दमकमा भिबिन्न सामाजिक संघ सस्थाका प्रतिनिधि लगायतकाे उपस्थिती रहेकाे थियाे ।

क्लबका अध्यक्ष भरत चम्लागार्इकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संयोजन पदम राज बरालले गरेका थिए भने कार्यक्रमकाे संचालन क्लवका सचिव झलराज गाैतम (राजु) ले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here