गौरादह र दमकमा दुर्घटना – एक जनाको मृत्यु, दुई घाईने

0
288

 दमक/ झापाको गौरादह १ स्थित भित्री पक्की सडकमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

सो सडकको दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ७६८७ नम्बरको ट्याक्टरबाट लडेर कन्काई ६ का ४० बर्षिय गंगा बहादुर तामाङको ज्यान गएको हो । गएराती करिब ८ बजे भएको सो दुर्घटनाका घाइते तामाङको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक डम्बर बहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक ८ मा मे ७ प ७०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन । पश्चिमबाट पूर्व तर्फ जादैं गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी ७ का ६५ बर्षिय अम्बिका अधिकारी र पछाडी सवार ६३ बर्षिय कृष्ण प्रसाद गौतम घाईते भएका हुन । उनीहरुको लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here