नेपाली काँग्रेस दमक ५ र ८ काे वडा सभापतिमा बराल र खत्री निर्वाचित

0
348

दमक / देशकै पुरानो पार्टि नेपाली काँग्रेसमा अधिवेसनको चटारो छ।अाज देशका अधिकांश स्थानिय तह अन्तर्गत वडा अधिवेसनको पहिलो दिन हो।

कतै सर्वसम्मत भइरहेकाे छ भने कतै भोलि चुनाव हुँदैछ। यसै अन्तर्गत दमक न पा वडा नं ५ मा चैतन्य बराल सर्व सम्मत रुपमा वडा सभापति चयन भएका छन् भने दमक ८ को वडासभापतिमा चन्द्र खत्री सर्वसम्मत चयन भएकाछन् ।

युवा नेता खत्री आज भएको निर्वाचन प्रक्रिया अन्तर्गत सर्वसम्मत वडा सभापनि बनेकाहुन् । खत्री निमार्ण ब्यवसायमा अाबद्व रहनुकाे साथै दमक उधाेग बाणिज्य संघकाे कार्यसमिति सदस्य समेत रहेका छन् ।

यता फिल्मी क्षेत्रमा काम गर्दा गर्दै स्वास्थ्य क्षेत्रमा होमिएका बराल दमकमा सामाजिक रूपमा पनि चिनिएका छन्। बरालको नेतृत्वमा उप सभापति २ सचिव २ सह सचिव २ गरेर ७ महिला सहित २८ सदस्यिय वडा कार्यसमिति चयन भएको निर्वाचन मतदान अधिकृत कृष्णा तिम्सिनाले जानकारी गराइन् ।

दमक ५ मा क्षेत्रिय प्रतिनिधि तर्फ खसआर्य, आदिवासी जनजाती,मधेसी,दलित,अपाङ्ग र महिला समेत को नेतृत्व गर्दै ३६ जना क्षेत्रिय प्रतिनिधि चयन भएका छन् ।वडा सभापति स्वत क्षेत्रिय प्रतिनिधि सरह रहने प्रावधान काँग्रेस विधानमा उल्लेख छ। नव निर्वाचित वडा सभापति बरालले  वडा समितिमा युवाहरुको आकर्षण बढेको पाईएको जानकारी दिएका छन् । उनका अनुसार वडा नं ५ को वडा समितिकाे सदस्यमा अधिकांश युवाहरु मात्र चुनिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here