लायन्स क्लबले हरेक दिन बिध्यालय सेनिटईज गर्ने

0
161

दमक / झापा दमक २ मा रहेकाे हिमालय माध्यमिक बिध्यालयमा लायन्स क्लबले सेनिटाईज गर्न सुरू गरेकाे छ ।

बिध्यालयमा कक्षा ११ काे बार्षिक परीक्षा गराउनु पर्ने भएकाेले परिक्षामा धेरै बिध्यार्थीकाे सहभागिता हुने भएकाे कारण  काेराेना भाइरस सक्रंमणकाे जाेखिम कम गर्न परिक्षा भर सेनिटईज गर्नका लागिएकाे हाे । दमक स्थित लायन्स क्लब अफ दमक युनाईटेड, गाेल्ड, डाईनामिक, लियाे क्लव अफ गाेल्ड र लियाे क्लब अफ दमक युनाईटेडले संयुक्त रूपमा  निरन्तर ८ दिन सम्म बिध्यालयका बिभिन्न क्षेत्रमा सेनिटाईज गर्ने भएका हुन् ।

बुधबार बिध्यालयमा  प्रमुख अतिथि रिजन चियर पर्सन राेसन बुढाथोकी, विशिष्ट अतिथि जाेन चियर पर्सन तुलसि तिम्सिना, बिध्यालयका सहायक प्रध्यानाध्यापक दाेर्ण श्रेष्ठ, लायन्स क्ल अफ दमक डाईनामिकका अध्यक्ष लायन बुद्धि सागर बराल लगायतकाे उपस्थितीमा बिध्यालयमा सेनिटईज गर्ने कार्य सुरू भएकाे लायन्स क्लब अफ दमकका अध्यक्ष साजन श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here