सताक्षीधामका साधुसन्त लाइ पहिलाे पाइलाकाे खाध्यन्न सहयाेग

0
211

दमक / पहिलो पाइला नेपाल दमक शाखाको टोलीले झापाको शिवसताक्षी स्थित सताक्षीधाम मन्दिर परिसरमा आज खाध्यन्न बितरण गरेको छ ।

त्यहा स्थित धाममा रहेका साधुसन्त लाई खाध्यन्न अभावको खबर सुने पछि दमक स्थित पहिलाे पाइलाका अध्यक्ष दिपक खड्काको नेतृत्वमा गएकाे टाेलिले   उक्त स्थानमा पुगेर चालम,दाल,तेल, चिउरा, भुजा, साबुन लगायतका सामाग्री   सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बालाई हस्तान्तरण गरिएको छ ।

साे अवसरमा दमक उध्याेग वाणिज्य संघका प्रथम उपाध्यक्ष  तथा पहिलाे पाहिला दमक शाखाका सल्लाहकार राजु खड्का , दमकमा सामाजिक तथा लायन्स कर्मी बिमल शर्मा, स्वस्थ्यकर्मी गणेष प्रधान, पहिलाे पाइला दमक साखाका  सदस्य लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कोरोनाको महामारीका बीच  संस्थाका उद्धेश्य अनुसार सामाजिक काममा सक्रियता बढाइ रहेकाे पहिलाे पाइला नेपालले    । यस अघि पनि बिभिन्न समयमा बिभिन्न स्थनामा सहयाेग गर्दै अाएकाे  छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here