कोभिड अस्पतालमा निशुल्क खाना बन्द

0
272

दमक, दमककाे कोभिड अस्पतालमा निशुल्क खाना खुवाउने कार्य बन्द भएकाे छ  ।

बिगत तिन महिना देखि नियमित रुपमा कोभिड पोजेटिभ भएर दमक कोभिड अस्पतालमा उपचार गराइ रहेका बिरामी तथा तिनका कुरुवा तथा अस्पतालका कर्मचारी हरुलाइ  दमकका बिभिन्न सस्था मिलेर  खाना खुवाउदै आएका थिए।
लायन्स क्लव अफ दमक माउन्ट एभरेस्ट र लायन्स क्लब अफ दमक युनाइेडकाे संयाेजनमा दमकका बिभिन्न संस्थाले विगत तिन महिना देखी नियमित रुपमा खुवाइ रहेकाे खाना आज कोभिड अस्पताल परिसरमा एक कार्यक्रम गर्दै आज वाट औपचारिक रुपमा समापन गरिएको हो ।
कार्यक्रमा वोल्दै कारितास नेपालका क्षेक्रिय प्रबन्धक देवेन्द्र पोख्रेलले कोभिढको महामारि बिच मानविय सहायता गर्न पाउदा खुसि लागेको तथा स्थानिय सरकार संग अझै हातेमालो गर्न तयार रहेको बताए । महामारीको लडाइमा कारितास नेपालले हाल गरेका र अबगर्ने कार्यहरु समेत बताउदै लायन्स सगंको सहकार्यले दमक अस्पतालका बिरामीहरुले पौस्टिक तथा ताजा खाना खान पाएको समेत बताए ।
लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टका  निवर्तमान अध्यक्ष दिनेश अग्रवालले कोरोना शुरुवात देखीनै बिभिन्न सहयोगीहरुको सहयोगमा खाना खुवादै गरे पनि करिव डेढ महिना पछि कारितास संगको व्यवस्थापनमा खाना खुवाउने कार्य गर्दा सहज भएको बताए । कारितासको सम्योजनमा निकै व्यवस्थित र पौस्टिक खाना खुवाएर सेवा गर्ने लायनसको मुल मन्त्र लाइ सार्थक पारेको बताउदै यस्ता कार्यमा कारितास संग पुन सहकार्य गर्ने  अपेक्षा रहेको बताए । उनले केही समयका लागि खाना बितरण कार्ष बन्द भए पनि चाडै अरू संघ सस्था संग मिलेर लायन्सले यसकार्य लाइ निरन्तरता दिदै जाने बताए ।
कार्यक्रमलाइ सम्वोधन गर्दै दमक नगरपालिकाकी उपप्रमुख तथा दमक अस्पताल व्यपस्थापन प्रमुख गिता अधिकारीले स्थानिय सरकारले गर्नु पर्ने काममा दमकका संघ संस्थाले गरेकोमा धन्यवाद व्यक्त गरीन् ।
लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टका अध्यक्ष तुलसीराम दंगालकाे अध्यक्षतामा कार्यक्रममा दमक २ वडा अध्यक्ष प्रजापति सापकोटा, अस्पतालका मेडिकल सुपरिटेन्डेनट खड्ग लिम्बु, लाइफ लाइन अस्पतालका सस्थापक डा. सुर्यनारायण शाहा, कारितासका प्रतिनिधि एवम लायन्स सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम लायन्स क्लब अफ दमकका अध्यक्ष  साजन श्रेष्ठ  संचालन गरेका थिए भने स्वागत मन्तव्य कारितास नेपालका गोविन्द राज कट्टेलले राखेका थिए ।
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here