काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७९१ पुगेको छ ।
गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।