प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित

0
196

विराटनगर /  प्रदेश–१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सो अवधिमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७ मध्ये विराटनगरमा मात्र ७२, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा आठ, इलाममा छ, तेह्रथुममा तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेशमा आज २०२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष छन् । सोही अवधिमा प्रदेशमा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here