क्यान्सर पिडित जानुकालाई लायन्स क्लबको सहयोग

0
290

दमक / झापा केर्खा निवासी क्यान्सर पिडित जानुका दुलाललाई दमकका विभिन्न संस्था मिलेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।

लियो क्लब अफ केर्खाकी सदस्य समेत रहेकी कमल गाउँपालिका ३ निबासी १७ वर्षकी जानुका दुलाल बिगत केही महिना देखि ब्लड क्यान्सर बाट पिडित बनेकी थिइन् । हाल  उनको टिचिङ्ग अस्पतालमा उपचार भइ रहेकाे छ ।

दुलाल परिवारको पारिबारिक आर्थिक अवस्था कमजोर रहेको थाहा पाएर दमकका लायन्स क्लबहरु लायन्स क्लब अफ दमक युनाइटेड, दमक डायनामिक, दमक गोल्ड, झापा दमक, हेल्पिङ हेण्डस्, लियो क्लब अफ दमक युनाइटेड, दमक गोल्ड साथै लायन्स लिडरहरु अजय अग्रवाल, ज्ञान नाथ पाैडेल, दिवश राई, तुलसीराम तिम्सिना, काशी खाती, सन्दीप बस्नेत, विश्वास कास्यब को सहयोगमा नगद रु ६० हजार संयुक्त रूपमा हस्तान्तरण गरेको लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष साजन श्रेष्ठले जानकारी दिए ।

दुलालको हाल सम्म उपचारमा ११ लाख बढी खर्च भाई सकेको छ । उनको उपचारमा २५ लाख लाग्ने अस्पतालले जनाएको छ । जानुकाको परिवारले छोरीको जीवन बचाउन थप सहयोगको लागि सबैसंग अनुरोध समेत गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here