लायन्स इतिहासमा फरक काम गर्दै लायन्स क्लब अफ दमक युनाइटेड

0
434

दमक / लायन्स क्लब अफ दमक युनाइटेडले अाफ्ना लिडर हरूलाइ सम्मान गरेकाे छ ।

दमकमा सामाजीक काममा निकै सकृय रहेकाे युवाहरूकाे समुह लायन्स क्लब अफ दमक युनाइटेडले शनिबार एक कार्यक्रम गरी डिस्टिक गवर्नर एड अजय अग्रवाल, ईम्प्याक्ट एरिया चिफ ज्ञान नाथ पाैडेल, रिजन चियर पर्सन राेसन बुढाथाेकी र जाेन चियार पर्सन तुलसि तिम्सिना लाइ सम्मान गरेकाे छ ।

दमक क्षेत्रमा लायन्स क्लबकाे बिभिन्न पदमा रहेर अमूल्य योगदान दिने लायन्स लिडरहरूलाइ उच्च सम्मान र आदर व्यक्त गर्दै मानव जीवनमा ज्ञानकाे स्रोतमध्ये सबैभन्दा उत्कृष्ट स्रोत अनुभव भएकाेले अग्रजहरू लाइ सम्मान गरीएकाे लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष साजन श्रेष्ठले बताए उनले भने कतिपय क्षेत्रमा हामीबाट जान-अनजानमा अग्रज हरूको अनादर भइरहेको हुन्छ । यस्तो हुनु दुर्भाग्य हाे । तसर्थ, भविष्यतिर नियाल्दै हामीले हाम्रा अग्रजहरूप्रति सदैव सम्मान गरिरहनु पर्दछ । अफिसर तहमा लायन्स यस्तो कार्यक्रम हाल सम्म नगरिएको  समेत   श्रेष्ठले दाबी गरेका छन् । उक्त समान कार्यक्रममा क्लबका पधादिकारी सदस्य लगाायतको  उपस्थिति रहेको थियो।

शनिबारनै क्लबले आफ्नो मातहतमा रहेकाे लियाे क्लबका सदस्य संग समेत परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ । श्रेष्ठकाे नेतृत्वमा लायन वर्ष २१/२२ काे कार्यकाल भर्खरै मात्र सूरू भएकाे भए पनि क्लबले हाल सम्म बिभिन्न सघं सस्थाकाे संगकाे सहकार्यमा १६ वटा सेवामुलक काम गरी सकेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here