‘गाउँबासीको स्वस्थ जीवन प्रर्वधन अभियान’ अन्तर्गत हल्दिबारीमा खुला व्यायामशाला

0
217

झापा /  ‘गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धन’ अभियानअन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु १५ लाख र जनसहभागिताबाट रु तीन लाख ६५ हजारका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन् ।

सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गरेका छन् । यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here