इसाई समाजद्धारा दमक कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

0
253

बेलडाँगी शिविर (दमक) / दमकको सामाजिक गतिविधिमा सक्रिय दमक नगर इसाई समाजले आज बेलडाँगी शिविरस्थित कोभिड अस्पताललाई झण्डै तिन लाख बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । 

दमक नगरपालिकाद्धवारा सञ्चालित कोभिड अस्पतालबाट उपलब्ध हुने सेवा र प्रभावकारितामा सहयोग पुरयाउने उदेश्यले बुधबार दमक नगर इसाई समाजले स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो । स्वास्थ्य, शिक्षा, सरसफाई, जनचेतना लगायत मानवीय सेवा र सामाजिक क्रियाकलापमा सक्रिय इसाई समाजले दमक–२ बेलडाँगी शिविरस्थित कोभिड अस्पताललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।

सामाग्रीहरुमा बेड साइड लक्कर (टेवल) ३० थान, पिपिई सेट २५ थान, सर्जिकल फेस मास्स ५,००० थान, सर्जिकल फेस सिल्ड १०० थान, सेनिटाइजर (१०० एमएल) १०० थान, सर्जिकल ग्लोब्स ५०० थान र ओटी क्याप २०० थान छन् । समाजका अध्यक्ष आकाश थुलुङ राईले मानवीय सेवाप्रति सधैभरी जुटिरहने संस्थागत उदेश्य अनुसार दमक नगर इसाई समाजले दमकमा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सहयोगका कार्यक्रमहरु गरिरहेको बताए ।

उक्त अवसरमा अस्पतालमा दमक नगरको मात्रै नभएर छिमेकी पालिकाहरुदेखी इलाम, मोरङ, पाँचथर र ताप्लेजुङसम्मका बिरामीहरुलाई सेवा दिइरहेको उपप्रमुख गीता अधिकारीले बताइन्

त्यस्तैं, नगर प्रमुख ओलीले अस्पतालको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन नागरिक समाजको भूमिकका महत्वपुर्ण रहने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here