भानुको शालिकमा माल्यार्पण गर्दै मनाइयो २०८ औँ जन्मजयन्ती

0
294

दमक / नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

दमकमा सक्रिय रूपमा सामाजिक कार्यक्रम गर्दै आएको सस्था पहिलो पाइला नेपाल दमक शाखाले दमकको भानु चोकमा रहेको भानुको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरेर भानुको सम्मान गरी भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती मनाइएको छ ।

उक्त अवसरमा संस्थाका सचिब राजु निरौलाले भानुभक्तको कविता वाचन गरेका थिए । सस्थाको अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष दिवस खतिवडा र दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेम अधिकारिले भानु भक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here