कारितास नेपाल द्वारा कोशी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

0
185

दमक / विश्व्यापी महामारी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले केशी कोभिड अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

केशी कोभिड अस्पताल परिसरमा आज शुक्रबार अस्पताल मेडीकल सुपरि टेन्डेड डा. दिपक सिग्देल लाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

अन्तराष्ट्रिय कारितासको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्रीमा आरामदायी अक्सिजन कन्सन्ट्टर ४ थान , पिपिइ सेट ४५० थान, सर्जिकल माक्स २५ हजार थान लगायत गरी १४ लाख बरावरको सामाग्री रहेको पोखरेलले जानकारी दिए ।

दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएको, संक्रमणदर तीब्र हुँदा र अस्पताल जानुपर्ने विरामीको संख्या निकै भएको र धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकोले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताए ।

कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी कोभिड अस्पताल परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड १९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ । यसअघि मेची अस्पताल लाई पनि ११ लाख बरावरको स्वास्थ्य सामाग्री तथा राहत सामग्री सहयोग गरेको पोख्रेलले बताए ।

कारितास नेपालले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिम्मा लिँदै अस्पतालका सुपरिटेन्डेड डा दिपक सिक्देलले कोभिड–१९ महामारी नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा ती सामग्री अत्यन्तै उपयोगी हुने बताए । उनले कारितास नेपालले पुर्याएको सहयोगप्रति धन्यवाद प्रकट गरे । त्यसै गरि कारीतास नेपालले दमक कोभिड अस्पतालका एक महिनाका लागि उपचारमा रहेका तथा तिनका कुरुवाका लागी खाध्यन सहयोग गरी रहेको छ । कोभिड उपचारमा रहेका बिरामी तथा तिनका कुरुवाहरुका लागी सम्पूर्ण खानाको व्यवस्थापन गरेको कारीतासका प्रतिनिधी गोबिन्द राज कट्टेलले वताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here