दमकको लाइफ लाइन अस्पतालमा मोरङकी शोभाले जितिन् ३० दिनमा कोरोना

0
386

झापा / दमकको लाइफलाइन अस्पतालमा एक महिलाले जितिन् ३० दिनमा कोरोना सङ्क्रमण ।

मोरङ उर्लाबारी ५ की  ४५ वर्षीय शोभा कार्की गत जेठ २६ गते लाइफलाइन अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएकी थिइन् । ३० दिनमा कोरोना जिते पछि आज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सूर्य नारायण शाहले उनलाई विधाई गरेका छन् ।

डिस्चार्ज हुँदै गर्दा शोभाले भनिन् आउँदा आफूलाई खासै होस् थिएन अस्पतालको टीमले रातदिन नभनी उपचारमा खटिएर आज निकोहुन सफल भए उनले भनिन् बाँच्छु जस्तो लागेको थिएन । मैले पूर्न जन्म पाए झैं लागेको छ कोरोना संग मेरो लड़ाई एकदमै कष्टकर रयो ।

शोभालाई एक महिना अवधिमा अस्पतालमा कार्यरत डाक्टर विजया भारती, डाक्टर विकाश सुवेदी, नर्स अस्मिता पौडेल, सिजॅना धिमाल लगाएको टिमले उपचार गरेका थिए । अहिले अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा हाल सम्म १ सय १७ जना संक्रमितको उपचार भइ सकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here