दमकमा कोरोना संक्रमणको जोखिम उच्च, आज एकै दिन ७७ जना संक्रमित

0
432

दमक/दमकमा ७७ जनासहित झापामा आज ( बुधबार) एकैदिन कूल १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण कम हुँदै गएको भन्दै प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो बनाइएसंगै संक्रमितको संख्या उच्च थपिएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाए अनुसार बुधबार एकैदिन दमकमा मात्रै ७७ जना नयाँ संक्रमित थपिएका छन । मंगलवार पनि दमकमा २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

नगर स्वास्थ्य शाखाका अनुसार पछिल्ला एक साताको अवधिमा संक्रमणमा कमी आउन सकेको छैन् । संक्रमणको अवस्था उस्तै छ, यसले दमकमा जोखिममा कमी आउन नसकेको पुष्टि गर्छ– स्वास्थ्य शाखाका कुवेर भट्टराईले भने ।

प्रदेश १ मा ४४३ जना कोरोना संक्रमित थपिए
प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ । प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २–२, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here