झापामा निषेधाज्ञा खुकुलो बन्दै, होटल तथा रेष्टुरेन्ट खोल्न पाईने

0
277

दमक / झापामा निषेधाज्ञा खुकुलो बन्दै गएको छ । आज झापाका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमिल्सिनाले जारी गरेको आदेशमा होटल तथा रेष्टुरेन्टहरु साँझ ५ बजे सम्म संचालन गर्न पाईने उल्लेख गरिएको छ । लामो समयदेखि होटल तथा रेष्टुरेन्ट संचालन गर्न नपाउँदा व्यवसायीहरु मारमा परेका छन् ।

त्यस्तै सार्वजनिक यातायातका साधन पनि जोर विजोर प्रणाली अनुसार स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न खुला गरिएको छ । आज मध्यरातीदेखि लागू हुनेगरि जारी गरिएको आदेशमा झापा,मोरङ्ग, सुनसरी र इलाम सम्म यातायात संचालन गर्न पाईने उल्लेख गरिएको छ । साथै अन्य क्षेत्रलाई पनि खुकुलो पारिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here