रोटा वर्ष २०२१-२२ को पहिलो कार्यक्रम, रोट्रयाक्ट क्लब अफ दमक द्वारा वृक्षरोपण

0
502

दमक / रोट्रयाक्ट क्लब अफ दमकले रोटा वर्ष २०२१-२२ को पहिलो कार्यक्रमको रुपमा वृक्षरोपण कार्यक्रम गरेको छ।

सन् २०१८ देखि दमकको विभिन्न गतिविधिमा सक्रिय रहेको रोट्रयाक्ट क्लब अफ दमकले आफ्नो चौथो नेतृत्वको रुपमा सपना लिम्बू पाएको हो। जुलाई १ देखि सुरु भएर जुन ३० सम्म एक रोटा बर्ष मान्ने यस संस्थाले दमक र दमक वरपरको क्षेत्रमा सम्मानजन्य कामहरु गर्दै आइरहेको छ। सोही क्रममा नयाँ नेतृत्व आए संगै यस संस्थाले आफ्नो गतिविधि सुरु गरेको हो ।

दमक-७ स्थित रतुवा खोलामा रहेको बाँधमा क्षेत्रमा वृक्षरोपण गर्दै क्लवले कार्य प्रारम्भ गरेको छ। औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष सपना लिम्बूले भनिन् हामिले यो कार्यक्रम दमक नगरपालिकाको सहयोगमा गरेको हो। उनले थपिन हामिले कार्य सुभारम्भ मात्र गरेका हौं, वृक्षारोपण साथै तिनको संरक्षणको काम रोट्रयाक्ट क्लव अफ दमकले वर्षै भरि गर्दै लानेछ।

सोही कार्यक्रममा उपस्थित दमक नगरपालिका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीले भने “बाताबरण संरक्षण र त्यसको व्यवस्थापनमा हामी हरपल साथ दिने छौं। सँगै रोटर्याक्ट क्लव अफ दमकले बर्षभरी नै बिरुवा रोप्ने मात्र न भएर संरक्षण पनि गर्ने कुरामा हामी सधैं साथ दिने छौं।

आज पहिलो दिन ३० वटा बिरुवा रोपिएको र घेराबेरा गरिएको कार्यक्रममा रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँई, पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, सन्दिप चापागाईं लगायत रोट्रयाक्टका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक रुपा श्रेष्ठले जानकारी दिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here