हेलम्बुका बाढी प्रभावितलाई एक लाख सहयोग

0
137

हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले रु एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गर्नुभएको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए।

यही असार १ को बाढीले प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here