दमकमा चोरी भएको मोटर साइकल सहित दुई जना पक्राऊ

0
197

दमक / यहाँबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पु¥याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ–९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई शनिबार इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो ।

दुई दिनअघि दमक–७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नम्बरको मोटरसाइकल चोरी भएको थियो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here