दमक नगरपालिकाको बजेट १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार

0
169

झापा- दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

आजबाट सुरु नगरपालिकाको नवौँ नगरसभामा नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले बजेट पेश गर्नु भएको हो ।

बजेटमा चालूतर्फ ७० करोड ५९ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यस्तै, पुजीँगततर्फ ६७ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

दमक नगरपालिकाले आन्तरिक स्रोतबाट २८ करोड २३ लाख ६० हजार उठाउने प्रक्षेपण गरेको छ । यस्तै, दमक अस्पतालबाट ११ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here