संक्रमित आउन छाडेपछि एड्भान्स अस्पतालको कोभिड युनिट बन्द, भोलीबाट सबै सेवा सुरु हुने

0
181

दमक / कोरोना संक्रमण दर दैनिक रुपमामा क्रमशः घट्थालेपछि अस्पतालहरुमा बिरामीको चाप पनि घट्न थालेको छ । उपचाररत बिरामीहरु डिस्चार्ज भएको र नयाँ बिरामी आउन छाडेपछि दमकको एड्भान्स अस्पतालको कोभिट युनिटमा अहिले बिरामिको अवस्था सुन्य छ ।

कोरोना संक्रमण दर उच्च बन्दै बिरामीले उपचारनै नपाउने अवस्था बनेपछि गत बैशाख २२ गते बाट सुरु भएको एड्भान्सको कोभिड युनिट अहिले बन्द गरिएको छ । उपचाररत बिरामी डिस्चार्ज भएको र नयाँ आउन छाडेपछि कोभिड युनिट बन्द गर्नु परेको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । ३ वटा भेन्टिलेटर सहित २३ बेड सहितको कोभिड युनिटलाई बिरामी आउन छाडेपछि हाललाई बन्द गरिएको उनले बताए ।  हिँजोबाट अस्पतालको ईमर्जेन्सि बाहेक सम्पुणर् सेवा बन्द गरिएको उनले बताए । कोभिड युनिट बन्द गरि पुरै अस्पताललाई निर्मलिकरण गर्नु पर्ने भएकोले ईमर्जेन्सि बाहेकका सेवा बन्द गरिएको सञ्चालक बरालले जानकारी दिए ।

अहिले अस्पतालको सबै क्षेत्रलाई सेनिटाईज गरि बन्द गरिएको र भोलीबाट नियमित सेवा सुरु हुने अस्पतालका अध्यक्ष माधव पराजुलीले जानकारी दिए । कोरोनाका बिरामी आउने क्रम रोकिएकोले भोली बाट अस्पतालको अन्य नियमित सेवा सुरु हुने उनले बताए । आगामी दिनमा संक्रमण दर बढेर बिरामी आउन थाले पुनः कोभिड युनिट सञ्चालन गरिने भन्दै उनले हाललाई भने बिरामी आउन छाडेकोलेनै सेवा बन्द गर्नु परेको बताए ।

कोभिड युनिट सञ्चालन अवधिमा जम्मा १२२ जना बिरामीलाई सेवा दिईएको अस्पतालका कोभिड युुनिट ईन्चार्ज डा. अनिल थापाले जानकारी दिए । ४ जना बिषेशज्ञ चिकित्सक सहित ३० जना कर्मचारीहरु परिचालित भएर बिरामीको सेवा दिएको भन्दै डा. थापाले बिरामीको सेवा गर्ने क्रममा डाक्टर र कर्मचारी सहित ६ जना संक्रमित बन्न पुगेको पनि जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here