व्यापारीको मिलेमतोमा रातारात धानको भाउ ओरालो, कृषक सधै मर्कामा

0
198

दमक/ लागत अनुसार चैते धानको उत्पादनले मुल्य नपाएको भन्दै उचित मुल्यमा धान बिक्रीको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसान तथा सरोकारवालाहरुले सरकारसंग माग गरेका छन ।

किसानहरुले गएको फागुन÷चैतमा रोपेको चैते २ , चैते ४ , विजी लगायतका जातको धान अहिले बेच्नै मुस्किल परिरहेको भन्दै किसानको उत्पादन खरिद गर्ने कार्यक्रम ल्याएर कृषि उपजको बजार ग्यारेन्टी गर्न माग गरेका हुन ।

गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशी केही दिन अघि सम्म प्रतिमन ७ सय ५० रुपैयाँ रहेको धानको मुल्य दिनदिनै ओरालो लाग्ने क्रममा रहेको बताए । किसानहरुका अनुसार यतिबेला चामल उत्पादक मिल सम्म धान पुरयाएर बेच्ने धान व्यापारीहरुले रातारात धानको मुल्य घटाउने गरेका छन ।

चामल उत्पादक मिल र व्यापारीको मिलेमतोमा रातारात धानको मुल्य घटाउने गर्नाले किसानहरु सस्तो मुल्यमा धान बेच्न बाध्य हुने गरेका हुन ।

किसानले न्यूनतम पनि ८०० रुपैयाँ प्रति मन मुल्य पाउनुपर्ने धानको मुल्य यतिबेला चामल उत्पादक मिल तथा गाउँ गाउँमा धानको व्यापार गर्न बसेका तिनका एजेण्टहरुले ६०० रुपैयाँ प्रतिमन पनि किन्न आनाकानी गर्ने गरेका छन । यो समस्यालाई नजिकबाट बुझनु आवश्यक रहेको सरोकारवालाहरुको भनाई छ ।

बजारमा रहेका ठुला चामल उत्पादक मिल र गाउँ गाउँमा रहेका तिनका एजेण्ड ( धान व्यापारी) को सेटिङमा किसानहरुमाथि जानाजान अन्याय हुने गरी धानको बजार मुल्य कायम भएको नेपाली कांग्रेस झापाका जिल्ला नेता भक्ति सिटौला बताउँछन । उनले आफनो फेसबुक वालमा भर्खरै लेखेका छन – प्रधानमन्त्रीको गृह जिल्ला झापामा किसानको श्रम र पसिनाको निर्मम शोषण भइरहेको छ । किसानको धान प्रति क्विन्टल पन्ध्र सयमा बिकेको छैन । यो भाउमा बेच्दा किसानको लागत पनि उठ्दैन । रासायनिक मलको अभाव र दैनिक उपभोग्य बस्तुको महंगी उस्तै कहालीलाग्दो छ । उनले बजारमा धानको मुल्यको तुलनामा चामलको मुल्य घटन नसकेको तर्फ इंगित गर्दै भनेका छन–ब्यापारीले त्यही धानको चामल प्रति केजि चालिस देखि पचास रुपैयामा बेच्छन् । भर्खरै प्रधानमन्त्रीले उद्योगपति र ठुला व्यापारीसँग छलफल गरेको बिषय उठान गर्दै सिटौलाले धानको भाउ ओरालो लाग्नु तेसैको परिणाम हो ? भन्ने व्यङग्यात्मक आशय प्रकट गरेका छन । किसानहरुको यो पीडामा जनप्रतिनिधि , राजनीतिक दल , पत्रकार र अभियान्ताहरु कोहि पनि नबोलेको पनि उनको आरोप छ । किसानले धानको मुल्य नपाएको बिषयमा उनले आक्रोश पोख्दै लेखेका छन– अन्न दाता र प्राण रक्षक भनिने किसानको रुवाबासी हुँदा किन बोल्दैनन् ?

गौरीगञ्ज १ का वडा सचिव भोजकुमार अधिकारी बजारमा सबै बस्तुको मुल्य आकाशिएको तर किसानले दुख गरेर फलाएको उत्पादन बेच्नै मुस्किल पर्ने अवस्था आएको बताउँछन । अधिकारी भन्छन– किसानहरुको लागि यो ठुलो चिन्ता र दुखको कुरा पनि हो ।

बजारमा रहेका ठुला चामल उत्पादक मिल र गाउँ गाउँमा रहेका तिनका एजेण्ड ( धान व्यापारी) को सेटिङमा किसानहरुमाथि जानाजान अन्याय हुने गरी धानको बजार मुल्य कायम भएको नेपाली कांग्रेस झापाका जिल्ला नेता भक्ति सिटौला बताउँछन ।

कृषि प्रधान देशमा किसानमाथि कहिल्यै न्याय हुन नसकेको यस क्षेत्रका अगुवाहरुको बुझाई छ । कृषि क्रान्ती मार्फत किसानको जिबनस्तर उकास्ने नारा लगाएर नथाक्ने राज्यका सञ्चालकहरुले किसानको पीडामा मल्हम पट्टी गर्न नसक्दा आम किसानहरु निराश छन । राज्यको नीति निर्माताहरु किसानहरुको खास आवश्यकतामा केन्द्रित हुन नसकेको किसानहरुको बुझाई छ ।

उत्पादन खर्च समेत नउठ्ने गरि ब्यापारीले धानको मुल्य तोकेका छन– नेता सिटौला भन्छन– किसानले लागत मुल्य भन्दा कम मुल्यमा धान बेच्नु पर्ने वा खेतमै छोडनु पर्ने बाध्यता छ । आफनो उत्पादनले राम्रो मुल्य नपाएका कारण भोलीका दिनमा कृषि पेशानै अपमानित हुने खतरा बढेको झापा गाउँपालिकाका अर्का किसान अब्दुल हक मियाँ बताउँछन ।

बिचौलियाको भरमा धानको मुल्य निर्धाराण हुनाले कुल ग्राहस्थ उत्पादनमा सबै भन्दा बढी योगदान दिने कृषि क्षेत्रमाथि चुनौती थपिएको बताइन्छ । विभिन्न तथ्याङकहरु अनुसार मुलुकमा बर्षेनी ३३ अर्ब रुपैयाँ बराबरको कृषि उपज भारत तथा बंगलादेशबाट भित्रिने गरेको छ । यहाँको कृषि उत्पादनले लागत अनुसार को मुल्य नपाउँदा युवाहरु खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here