दमकमा थप २१ जना कोरोना संक्रमण मुक्त, १००६ जनाको पीसिआर निशुल्क परीक्षण

0
232

दमक/ दमकमा  ( सोमबार) थप २१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यससंगै दमकमा कोरोनाको दोश्रो लहरमा संक्रमण मुक्त हुनेको संख्या ९१३ पुगेको छ । दमकमा सोमबार सम्ममा कूल १ हजार ३२४ जना नयाँ भेरियन्टबाट संक्रमित भएकामा सो संख्यामा संक्रमितहरु संक्रमण मुक्त भएका हुन् । कोरोनाको दोश्रो भेरियन्ट शुरु भएयता दमकमा कोरोना संक्रमित मृतकको संख्या २१ छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमकमा हाल ३८५ जना सक्रिय संक्रमित छन ।

सोमबार मात्रै १२ जना नयाँ संक्रमित थपिएसंगै दमक नगरपालिकामा गएको २५ चैत यता १ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।  सोमबार  थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कूल संक्रमित १३२४ पुगेका हुन ।

१००६ जनाको पीसिआर निशुल्क

यसैबीच दमक नगरपालिकाले निशुल्क पीसिआर परिक्षणका लागि सोमबार थप ९७ जनाको स्वाव संकलन गरेको छ । दमकको बेलडाँगी स्थित कोभिड उपचार केन्द्रमा   सोमबार सो संख्यामा नगरबासीहरुको स्वाव संकलन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार यससंगै नगरपालिकाबाट निशुल्क पीसिआर परिक्षण गराउनेको संख्या १ हजार ६ पुगेको छ । नगरपालिकाले चिकित्सकहरुबाट सिफारिस गरिएका, कन्ट्रयाक ट्रेसिङमा परेका र लक्षण चिन्ह देखिएका सर्वसाधारणको पीसिआर परिक्षणका लागि सातामा दुई दिन स्वाव संकलन गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here