कोरोना संक्रमणको तेस्रो तथा चौथो लहर आउन सक्ने खतरा, मन्त्रालय भन्छ २० प्रतिशत बेड छुट्याउनु

0
185
Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

दमक/ कोरोना संक्रमणको तेस्रो तथा चौथो लहर आउन सक्ने र यसबाट बालबालिका बढी प्रभावित हुन सक्ने सरकारले अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ( शुक्रबार) सबै सरकारी, सामुदायिक/सहकारी तथा निजी अस्पतालहरुलाई पत्राचार गर्दै अस्पतालमा रहेको बेड संख्याको २० प्रतिशत बेड अब बालबालिकाका लागि पूर्व तयारी अवस्थामा राख्न भनेको हो ।

मन्त्रालयले कोरोनाको पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा दोश्रो लहरका कारण सबैभन्दा धेरै प्रौढ तथा युवा वर्ग संक्रमित भएको हुँदा संक्रमितको व्यवस्थापन तथा तयारी प्रौढ तथा युवा वर्ग लक्षित भएको स्मरण गराउँदै स्विकृत शैया ( बेड) को २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका लागि व्यवस्था गर्न सर्कुलर गरेको हो । साथै मन्त्रालयले प्राण वायु ( अक्सिजन) को पूर्व तयारी गर्न समेत पत्रमा उल्लेख गरेको छ । कोरोना संक्रमणको दोश्रो लहरबाट अहिले धेरै जसो युवा तथा प्रौढ उमेर समुहका मानिसहरु सबैभन्दा धेरै प्रभावित छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here