गौरादहका जीवन राईले दिए २६ विपन्न परिवारलाई खाद्यन्न राहत

0
242

दमक /  निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गर्ने विपन्न तथा श्रमिक परिवारलाई झापाको गौरादहका राजनीतिक तथा व्यवसायी नेता जिवन राईले व्यक्तिगत खर्चमा खाद्यन्न राहत प्रदान गरेका छन ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गौरादह उदोग वाणिज्य संघका निवर्तमान अध्यक्ष राईले आईतबार गौरादह १ र ७ का कूल २६ परिवारलाई प्रति परिवार २५ केजी चामलसहित दाल, नुन र तेल लगायत खाद्यन्न प्रदान गरेका हुन ।

वडा नं ७ का २० र वडा नं १ का ६ परिवारलाई राईले ति टोलमै पुगेर राहत प्रदान गरेका थिए । त्यस अवसरमा कांग्रेसका गौरादह नगर कोषाध्यक्ष अरुण साह, वडा नं ७ का कांग्रेस सभापति दिलनाथ कटुवाल, कांग्रेस झापाका युवा तथा खेलकुद विभाग सदस्य भोला चक्रवर्ती लगायत पनि सहभागी थिए ।

राईले गौरादह नगरमा जारी बन्दाबन्दीका कारण समस्यामा परेका अन्य विपन्नहरुलाई समेत आफूले सक्ने खाद्यन्न राहत स्वरुप दिने घोषणा गरेका छन । राईले भने – मेरो सहयोग जो भोको छ उसलाई हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here