रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

0
145

 काठमाडौं,१५ जेष्ठ । रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

काठमाडौं । सरकारले रेलवे निर्माणका लागि १० अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यो जानकारी गराउनुभएको हो ।

आगामी वर्ष जयनगर–जकपुर, कुर्था–विजलपुरा र जोगबनी–विराटनगर क्षेत्रमा रेल सेवा सञ्चालन गरिने पौडेलले बताउनुभयो । बर्दिबास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

यस्तै, अन्तराष्ट्रिय परामर्शदाता नियुक्त गरी काठमाडौं उपत्यकामा मेट्रो रेल र सहरी केबुलकार सञ्चालनको संभाव्यता अध्ययन गरिने मन्त्री पौडेलको भनाइ छ । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास निजगढ खण्डको ट्र्याक निर्माण कार्य यसै वर्ष सम्पन्न गर्ने सरकारको योजना रहेको छ । काँकडभिट्टा–इनरुवामा जग्गा अधिग्रहण गरी रेलवे निर्माण गरिने उहाँको भनाइ छ ।

यस्तै, निजगढ अमपरामपुरी खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने सरकारको योजना छ । रेलवे निर्माणका लागि वित्तीय प्रबन्ध गर्दै बाँकी क्षेत्रको निर्माण अघि बढाइने मन्त्री पौडेलले बताउनुभयाे । आगामी आर्थिक वर्षभित्र रक्सौल–काठमाडौं तथा केरुङ–काठमाडौंका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सरकारको योजना छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here