झापा, १२ जेठ । झापामा पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित थपिएका छन् ।
जसमध्ये १ सय १८ जना पिसिआरतर्फ रहेका छन् भने २० जना एन्टिजेन्टतर्फ रहेका छन् ।
त्यस्तै झापामा पछिल्लो २४ घण्टामा ८१ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितहरु दमकमा सबैभन्दा धेरै ३१ जना थपिएका छन् । त्यस्तै मेचीनगरमा १२ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै झापामा कुल मृत्यु हुनेको संख्या २ सय २० पुगेको छ ।
कुन पालिकामा कति संक्रमित थपिए