तीन झापाली बन्ने भए राजदूत

0
327

दमक/ सरकारले नियुक्ति लागि सिफारिस गरेका ११ देशका राजदूतमध्ये तीन जना झापाका परेका छन्।

झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार  दमककी महिला नेतृ सुमित्रा भण्डारी डेनमार्कका लागि र साविक महारानीझोडाका स्थायीबासिन्दा एवं पूर्व मन्त्री युवराज कार्की बहराइनका लागि नेपाली राजदूत नियुक्त भएका हुन ।

मन्त्रिपरिषदको हिजो ( शुक्रबार) को बैठकले उनीहरुलाई राजदूत बनाउने निर्णय गरेको हो । दुवै जना नेकपा एमालेमा लामो समय योगदान गरेका व्यक्तित्व हुन । भण्डारी दमककी स्थायीबासिन्दा हुन । उनी नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अनेमसंघकी केन्द्रिय नेतृ हुन ।

त्यस्तै कार्की पुराना झापाली बामपन्थी नेता हुन । उनी माधवकुमार नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री समेत भएका थिए । २०६३ को अन्तरिम संसदमा र त्यसपछिको संविधान सभा चुनावमा समानुपातिक कोटामा उनी संविधान सभा सदस्य थिए ।

सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको हो ।दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा सरकारले एकैसाथ राजदुत सिफारिस गरेको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here