दिन -रात नभनि सेवामा खटिने नर्सप्रति सम्मान ब्यक्तगर्दै उपमेयर अधिकारी

0
950

दमक  / झापा दमक नरपालिकाकी उपमेयर गिता अधिकारीले  आफ्नाे जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गरेकी छन्  ।

विश्व नर्स दिवसका अवसरमा आज उनले अाफु हाेम अाइसुलेशनमा बसे पनि सामाजिक संजाल फेसबुक बाट उक्त कुराकाे जानकारी गराएकी छन् । उनले कोभिड –१९ महामारीका अवस्थामा अझ दृढतापूर्वक जुट्न यस दिनले सबैलाई थप प्रेरणा प्रदान गर्न  सकोस् भन्ने कामना गरेकी छन् ।

 आज विश्व नर्सिङ दिवस तथा फ्लोरेन्स नाईटिङ्गेललाई सम्झिने दिन! यस विश्व नर्सिङ दिवसको अवसरमा संपूर्ण नर्स दिदि बहिनीहरु तथा अन्य स्वास्थ्यकर्मीहरु जसले आजको यस्ताे मानवीय संकटको बेलामा पनि बिरामीहरुको ज्यान जोगाउनका लागि रात -दिन नभनि खटिईरहनु भएकाे छ, वहाँहरुको सु-स्वास्थ्य, दीर्घायु र उत्तराेत्तर प्रगतिकाे कामना !! वहाँहरुकाे सेवा, दृढ विश्वास र हिम्मतकाे उच्च मुल्यांकनका साथ सम्मान !!  भन्दै उनले दमकमा कार्यरत नर्सका केही तस्बिर समेत पाेष्ट गरेकी छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here